लक्ष्य

  • सल्यान जिल्लामा व्यावसायिक, आधुनिक, प्रविधिमैत्री तथा दिगो पशुपन्छीपालनको विकास गर्ने।
  • पशुपन्छीको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आयआर्जन र रोजगारीका अवसर वृद्धि गर्ने।
  • जिल्लालाई दूध, मासु, अण्डा लगायत पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै बजारमुखी उत्पादनतर्फ उन्मुख गर्ने।
  • पशुपन्छीको स्वास्थ्य संरक्षण, रोग नियन्त्रण तथा गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने।

उद्देश्य

  1. परम्परागत तथा निर्वाहमुखी पशुपन्छीपालनलाई व्यावसायीकरण गर्दै किसानको आयस्तर वृद्धि गर्नु।
  2. पशुपन्छीमा लाग्ने संक्रामक तथा महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा उपचार गर्नु।
  3. उन्नत नश्ल, कृत्रिम गर्भाधान, पशु आहारा तथा अन्य प्रविधिको प्रयोगबाट पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु।
  4. कृषकलाई आवश्यक पशु स्वास्थ्य तथा प्राविधिक सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउनु।
  5. दूध, मासु, अण्डा तथा अन्य पशुपन्छीजन्य पदार्थको उत्पादन, प्रशोधन, बजारीकरण तथा निर्यात प्रवर्द्धन गर्नु।
  6. पशुपन्छीपालनमा युवा, महिला तथा उद्यमीलाई सहभागी गराई स्वरोजगार तथा रोजगारी सिर्जना गर्नु।
  7. पशुपन्छीजन्य उत्पादन तथा व्यवसायसँग सम्बन्धित सहकारी, निजी क्षेत्र र कृषक समूहसँग समन्वय तथा सहकार्य गर्नु।
  8. पशुपन्छीजन्य उद्योग तथा व्यवसायको विकासका लागि आवश्यक प्रविधि, सीप र स्रोतको पहुँच विस्तार गर्नु।
  9. स्थानीय तथा लोपोन्मुख पशुपन्छीका नश्ल तथा प्रजातिको संरक्षण, संवर्द्धन र विकास गर्नु।
  10. पशुपन्छीजन्य उत्पादनको गुणस्तर कायम गरी स्वच्छ तथा सुरक्षित खाद्य उत्पादन र खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउनु।
  11. पशुपन्छी विकासका कार्यक्रमलाई प्रविधिमैत्री, परिणाममुखी, प्रतिस्पर्धी तथा दिगो बनाउनु।